ललितपुर । ललितपुर महानगरपालिकाले ‘एलएमसी अलर्ट’ मोवाइल एप सार्वजनिक गरेको छ। महानगरका नागरिकका तथा विपद सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले सो ‘एप’को व्यवस्था गरिएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार एक कार्यक्रमकाबीच ‘एलएमसी अलर्ट’ एप सार्वजनिक गरेका हुन् ।
महानगरले नागरिकका समस्या तत्कालै समाधान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको उक्त मोवाइल एप्लिकेसनमा अनलाइन तथा अफलाइन माध्यमबाट आफ्ना गुनासा तथा समस्या दर्ता गर्न सक्नेछन् ।
गुनासा तथा समस्या दर्ता गर्ने बित्तिकै महानगरको ‘प्रहरी कन्ट्रोल रुम’मा साइरन बज्नेछ र त्यस लगत्तै समस्या अनुसार नगरप्रहरी, दमकल र एम्बुलेन्स परिचालन गरिनेछ । घटनास्थलमा पुगेर नागरिकको सेवा गर्ने अभिप्रायले एप तयार गरिएको प्रमुख महर्जनले बताए ।
एपमा नागरिकले २१ विषयका समस्या र गुनासा पठाउन मिल्ने छ । “स्मार्ट सिटी बनाउन गर्नुपर्ने काममध्येको यो एउटा हो”, उनले भने। यसका लागि चार स्थानमा विपद व्यवस्थापन शाखा सञ्चालन गरिने प्रमुख महर्जनले जानकारी दिए।
एप सार्वजनिक कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले एपको माध्यमबाट नागरिकलाई सेवा प्राप्त गर्न सहज हुने समेत बताए ।
नगरप्रहरी प्रमुख सिताराम हाछेथुले विपद्को समयमा नागरिकले सहजै र छिटो सेवा प्राप्त गर्नुका साथै जनधनको क्षति रोक्न एप उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८