काठमाडौं । सुनचाँदी व्यवसायीलाई पक्राउ गरी झुटो मुद्दा लगाएको भन्दै उद्योग वाणिज्य संघले धनुषाको जनकपुरधाम बजार बन्द गराउने घोषणा गरेको छ।
बिल बिजक बिना सुनको अवैध कारोबार गरेको आरोपमा प्रहरीले सुनचाँदी व्यवसायी जनकपुरधामका बलराम साह र अरूण ठाकुर तथा सिराहा मिर्चैयाका अजय साह सोनार र सञ्जय साह सोनारलाई पक्राउ गरेको थियो।
यद्यपि राजस्व अनुसन्धान कार्यालय पथलैयाले बलरामलाई ७ लाख ८० हजार ९७० रुपैयाँ, अरुणलाई ४ लाख २७ हजार ३२५ रुपैयाँ, सञ्जयलाई ७ लाख ८० हजार ७०८ र अजयलाई चार लाख २७ हजार ३२५ रुपैयाँ धरौटी लिएर छाडेको छ।
उनीहरूले व्यवसायीहरुमाथि मुद्दा लगाउने प्रहरीलाई कारबाही हुनुपर्ने मागसहित आइतबार बिहानदेखि दिउँसो २ बजेसम्मका लागि बजार, उद्योग र व्यावसायिक प्रतिष्ठान बन्द गर्न आह्वान गरेको हो। आइतबार नै संघले मुख्यमन्त्री कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय, धनुषामा समेत ज्ञापनपत्र पनि बुझाउने बताएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८