काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताए।
अध्यक्ष ओलीले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको जिकिर समेत गरे।
शनिवारबाट काठमाडौँको टुँडिखेलमा शुरु भएको युवा महोत्सव कार्यक्रममा बोल्दै उनले ५ हजार भन्दा बढी अनुभवले खारिएको नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रको हव हुनुपर्नेमा सोहीअनुसार हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे। अध्यक्ष ओलीले रेमिट्यान्सको भरमा मुलुक चल्ने कुरा खतरनाक हुने भएपनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको समेत बताए । युवालाई उद्यमी बनाउने काममा प्रेरित गर्न नसकिएको उल्लेख गर्दै उनले त्यस काममा पनि सरकारले ध्यान नदिएको बताए।
‘गठबन्धनवालाहरुको नीति नै गलत छन्। नेपाललाई शिक्षाको हब बनाउनुपर्ने, स्वास्थ्यको हव बनाउनुपर्ने । यहाँ शिक्षा र स्वास्थ्यको अवसर समाप्त पार्ने काम भइरहेको छ। यसलाई प्राविधिक शिक्षाको हब बनाउनुपर्ने, यस्तो ठाउँमा आज शिक्षाका लागि बाहिर जाने अवस्था छ’ उनले भने, ‘जसको ५ हजार भन्दा पुरानो शिक्षाको अनुभव छ। त्यो ठाउँमा शिक्षा कमजोर भइराखेको छ। यी समस्याहरु छन्। अव्यवस्था छ। यसले एउटा डरलाग्दो निराशा पैदा गरेको छ। युवाहरु सहज ढंगले रोजगारी खोज्ने, उद्यमशीलतातिर हामीेले प्रेरित गर्न सकिरहेका छैनौं। समस्याहरु छन्। तर समाधान पनि छ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रिय उत्पादनमा जोड नदिन मुलुक रेमिट्यान्स अर्थतन्त्रमा निर्भर हुनुपर्ने अवस्था आएको बताए । उनले देशको विकास अरु कुनै राष्ट्रले नभई आफैंले गर्नुपर्ने भएकाले त्यस काममा युवाहरु अग्रसर हुनुपर्ने बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८