काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरको छन्।
शनिवार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले अरु क्षेत्रको बजेट कम गरेर भएपनि आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताए।
उनले सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गरिने जानकारी गराउँदै क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु बनाइरहेको बताए।
उनले क्रिकेट अन्तर्राष्ट्रिय रुपमा नेपाललाई चिनाउने महत्वपूर्ण विधा भएको पनि बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८