काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले नेपाल बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बोनस सेयरपछि हकप्रद सेयर जारी गर्ने भएको छ।
कम्पनीको माघ १९ गते बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ७.७५% बोनस सेयर वितरण गर्ने र उक्त बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा ४२% (१ः०.४२ अनुपातमा) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४०७% नगद लाभांश पनि वितरण गर्नेछ। प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ।
उक्त पुँजीमा ४२५ हकप्रद जारी गर्ने निर्णय गरेको हो । हकप्रद सेयर जारी भएमा चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८