
काठमाडौँ । १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई झिनो अन्तरले पराजित गर्दै फाइनल पुग्ने सम्भावना कायमै राखेको छ।
बंगलादेशको राजधानी ढाकाको वीएसएसएस रंगशालामा आज (सोमवार) भएको खेलमा भुटानमाथि १–० को जित हासिल गर्दै नेपालले फाइनल पुग्ने सम्भावना जीवितै राखेको हो।
नेपालको जितमा खेलको ५४औँ मिनेटमा सेनु परियारले गरेको गोल नै निर्णायक बन्यो। पहिलो खेलमा आयोजक घरेलु टोली बंगलादेशसँग पराजित नेपालले भुटानविरुद्धको खेलमा ३ जना खेलाडी परिवर्तन गरेको थियो।
पहिलो खेलमा आयोजक बंगलादेशसँग ३-१ ले पराजित नेपालले यस जितसँगै महत्वपूर्ण ३ अंक जोड्दै फाइनल सम्भावना जीवितै राखेको हो। हारले भुटान प्रतियोगिताबाट बाहिरिएको छ। यसअघिको खेलमा भुटानले भारतविरुद्ध १०-० को लज्जास्पद पराजय बेहोरेको थियो। आयोजक बंगलादेशसँगै भुटान, भारत र नेपाल सहभागी प्रतियोगिताका शीर्ष दुई टोली सीधै फाइनलमा पुग्ने छन्।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८