काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। कोशी, मधेश र बागमती प्रदेशमा अहिले बदली छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा पनि आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतयातया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान साथै कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको अनुमान छ ।
राति पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।
साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८