काठमाडौं । नेपाल टेलिकमले आज (सोमबार) आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले विभिन्न कार्यक्रमहरु समेत आयोजना गरेको थियो।
साथै नेपाल टेलिकमको २० औं वार्षिकोत्सवको अवसरमा प्रतिस्पर्धी कम्पनी एनसेलले पनि बधाई तथा शुभकामना दिएको छ।
संभवत नेपाली बजारमा दुई प्रतिस्पर्धात्मक टेलिकम अपरेटरहरुले सार्वजनिक रुपमा एक आपसमा बधाई दिएको यो पहिलो पटक हुनसक्दछ। अन्य क्षेत्रका कम्पनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेपनि टेलिकम क्षेत्रमा भने यो पहिलो पटक नै हो।
स्मार्ट टेलिकमको अनुमति स्वत खारेजीमा परेपछि हाल सरकारी टेलिकम अपरेटर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम र निजी क्षेत्रको अपरेटर एनसेल आजियाटा लिमिटेडको सेवा प्रतिस्पर्धामा रहेका छन्।
एनसेलले दिएको शुभकामना संदेशमा भनिएको छ, “नेपाली दूरसञ्चार जगतमा नेपाल टेलिकमका साथ काँधमा काँध मिलाई करोडौं आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पाएकोमा हामी अत्यन्तै हर्षित छौं। सम्पूर्ण एनसेल परिवारको तर्फबाट नेपाल टेलिकमलाई २०औं वार्षिकोत्सवको सुखद अवसरमा हार्दिक बधाई सफलताको शुभकामना।”
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८