काठमाण्डौं । मकवानपुरका लोकप्रिय तथा चर्चित पत्रकार रामकुमार एलनलाई झरना साहित्य परिवार वकैया, मकवानपुरले नगद सहित सम्मान गर्ने भएको छ । झरना साहित्य परिवारले गोकर्ण गौतमको स्मृतिमा स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ धनराशीको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८० ले पत्रकार रामकुमार एलनलाई सम्मान गर्न लागेको हो ।
नेपालको पत्रकारिता क्षेत्रमा निकैं लोकप्रिय तथा चर्चित रहेका पत्रकार रामकुमार एलनले २०५४ साल देखि आफ्नो पत्रकारिता यात्रा सुरु गर्नु भएको थियो । गाउँको भित्ते पत्रिकादेखि सहरको एचडी टेलिभिजन सम्म पत्रकार एलनको अविराम पत्रकारितामा मात्रै क्रियाशील रहेको पाईन्छ ।
जिल्लाका श्यामश्वेत अखबारदेखि रंगीन दैनिक पत्रिकाको सम्पादक भई काम गरि सकेका पत्रकार एलनलाई झरना साहित्य परिवारले धनराशी सहित गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८० ले सम्मान गर्दैछ । पत्रकार एलन समाजवादी प्रेस संगठनको केन्द्रिय महासचिव समेत हुन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८