काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बैंक र सहकारीमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन्।
आज (सोमवार) प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा सभापति लामिछानेले सरकारले सत्ता टिकाउने, सरकार चलाउने र सरकार जोगाउने किसिमका कामका लागि मात्रै संसद् नभएर जनतासँग उत्तदायी भएर काम गर्नुपर्ने समेत बताए।
उनले सरकारले सत्ता टिकाउने गरी अनावश्यक विधेयक संसद्मा पेश गर्ने तयारी गरेको सुनिएको भन्दै जनताप्रति उत्तरदायी सदन बनाउनुपर्नेमा जोड दिए।
उनले जिम्मेवार राजनीतिक दलको तर्फबाट यो संसद् अधिवेशनलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामको तयारीका साथ आएको बताए। सरकारले संसद्मा बढीभन्दा बढी बिजनेस दिनुपर्ने पनि बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८