काठमाडौं । इङिलस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग ब्रेन्टफोर्ड पराजित भएको छ। लिभरपुलभन्दा दुई अंकले पछि परेको म्यानचेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा पुग्न सफल भएको छ।
गएराति भएको २२ औँ खेलमा सिटीले फिल फोडेनको ह्याट्रिकले ब्रेन्टफोर्डलाई ३–१ ले हरायो। खेलको २१ औं मिनेटमा निल माउपेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी समयमा फोडेनले गोल गर्दै बराबरीमा ल्याए।
दोस्रो हाफको ब्रेकको आठ मिनेटपछि उनले दोस्रो गोल गरेको हुन्। खेलको ७० औँ मिनेटमा फडेनले नै गोल गर्दै जित सुनिश्चत गरेका थिए।
जित पछि सिटीको २२ खेलबाट ४९ अंक भएको छ। २३ खेल खेलेको लिभरपुलको ५१ अंक छ। पराजित ब्रेनफोर्ड भने तालिकाको १५औँ स्थानमा छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८