काठमाडौं। पद्म पुराणका अनुसार माघ महिनाको कृष्ण पक्षको एकादशीलाई षट्तिला एकादशी भनिन्छ। षटतिला एकादशीका बेला तिल मिश्रित खिचडी पकाई विष्णुलाई अर्पण गर्ने चलन रहेकोले पनि यसको छुट्टै महत्व रहेको छ ।
साथै रात्रि समयमा तिल हातमा लिएर १०८ पटक ॐ नमो भागवते बासुदेवाय स्वाहा भन्दै मन्त्रोच्चारण गरी अर्पण गर्ने गरिन्छ। त्यसै गरी विष्णुलाई अर्पण गर्ने सामाग्रीहरूको अभाव भएमा एक सय वटा दाना सुपारी चढाएर पनि पूजा गर्ने गरिन्छ । षटतिला एकादशीको व्रतबाट शारीरिक शुद्धि तथा आरोग्यता समेत प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ ।
पापहरूको नाश अनि बैकुण्ठधामको प्राप्तिका लागि यस एकादशी अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यस दिन व्रत बस्नाले मानसिक र शारीरिक दुवै कष्टहरूबाट मुक्ति मिल्ने अनि भगवान् विष्णुको असीम अनुकम्पा प्राप्त हुने जनविश्वास रहेको छ ।
यस दिनको स्नान, दान, भोजन, पिण्ड, तर्पण आदि हरेक कुरामा तिलको प्रयोग गरिन्छ। यस दिन काँचको भाँडामा मास, तिल र महको सेवन गर्ने परम्परा पनि रहि आएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८