काठमाडौं । एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि माघ महिनामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहि सेवा प्रदान गदै आएको छ भने, काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको छ । बेथरी, पडसरी, सिसहनिया, ओखरकोट, ठाकुरद्घारा, बाँसगढी र सुलिचौर क्षेत्रमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत सो कार्यक्रमहरु सम्पन्न गरेको जनाएको छ।
हालको विषय परिस्थितिलाई मध्यनजर गरी स्थानीय जनप्रतिनिधि, भद्र भलाद्मीहरुको उपस्थितिमा, संस्थामा आवद्ध सदस्यहरु तथा गैर सदस्यहरुलाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, भविष्यको लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोगिता गर्ने तरिका, व्यवसाय व्यवस्थापन जस्ता विषयहरु समेटेर कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
सहभागीहरुमा वित्तीय क्षेत्रका विविध विषयहरुमा ज्ञान हासिल भएको प्रतिक्रिया कार्यक्रमका सहभागीहरुले व्यक्त गरेका थिए ।
उनीहरुले यस कार्यक्रमबाट कर्जाको सदुपयोग कसरी गर्ने, कर्जा लिएर कस्तो प्रकारको व्यवसाय गर्ने, कसरी आम्दानी बढाउने, बचत कसरी बढाउने र खर्च कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विशेष ज्ञान हासिल गर्न पाएको दाबी संस्थाको छ ।
कार्यक्रम भएका शाखाहरुको कार्यक्षेत्र भित्रका करिब ३५० जना सहभागी थिए । संस्थाले हाल २८७ ओटा शाखा कार्यलयहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८