काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले राष्ट्रियसभाको अध्यक्षमा आफ्नो पार्टीको दावी रहेको बताएका छन्।
आज (बुधवार) प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पुनले राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रको दावी रहेको बताए।
उनले राष्ट्रिय सभाको शक्ति सन्तुलन अनुसार माओवादी केन्द्रले अध्यक्ष दावी गर्नु प्राकृतिक भएको बताए। उनले यस सन्दर्भमा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन र अन्य दलहरुसँग छलफल गरेर अघि बढ्ने बताए।
उनले भने, ‘प्राकृतिक रुपले हेर्दा राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले दावी गर्ने अवस्था छ। हाम्रो दावी पनि रहेको छ। यसमा हामी सत्तारुढ गठबन्धनमा छलफल गर्छौँ र अरु दलहरुसँग पनि छलफल गर्छौ। राष्ट्रियसभाको शक्ति सन्तुलनअनुसार नै छलफल गरेर जाने हाम्रो सोच छ।’
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले माईतीघर मण्डलालाई निषेध गर्न नहुने पनि बताए। उनले लोकतन्त्रमा जनतासँग सरकार डराउनु नहुने भन्दै निषेधित क्षेत्र तोक्ने सन्दर्भमा सरकार लचिलो हुनुपर्ने समेत बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८