काठमाडौं । नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन्।
नेकपा एमाले दोलखाको बिहीबार सम्पन्न १०औं अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनबाट श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन्। उनले ३३३ मत प्राप्त गरेका हुन् भने अध्यक्षका अन्य दुई उम्मेदवार ईश्वरचन्द्र पोखरेलले २३८ र भरत दुलालले ३८ मत प्राप्त गरे। यो श्रेष्ठको दोस्रो कार्यकाल हो। उनी नवौंं अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए।
यसका साथै उपाध्यक्षमा राजेन्द्र मानन्धर विजयी भए। मानन्धर ३३६ मतसहित विजयी भएका हुन्। उपाध्यक्षका अर्का प्रतिस्पर्धी हिरा थोकरले २६३ मत पाए।
यस्तै सचिवमा स्वयम बहादुर खड्काले ३०४ मत प्राप्त गरी विजयी भए। सचिवका अर्का उम्मेदवार कृष्ण वस्नेतले २८४ मत प्राप्त गरे। यस्तै उप-सचिवमा हरि ओली र कमला बस्नेत निर्वाचित भएका हुन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८