काठमाडौं। हालै आईपीओ निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ ।
कम्पनीको ५५ औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको बोनस सेयर दिने घोषणा गरेको हो ।
साथै कम्पनीले कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश पनि दिने भएको छ । प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८९ रुपैयाँ रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८