काठमाडौं । आज सुन–चाँदीको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुन १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको थियो । साथै, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको थियो ।
शुक्रबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३३.५९ डलरमा र चाँदी प्रतिऔंस २२.६४ डलरमा कारोबार भइरहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८