काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सो विवरण अनुसार आज कम्पनीको मुनाफा १७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ। जुन गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३२.८७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
चालु आ.व. को ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.८० प्रतिशतले घटेर ७४ करोड ४ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ७९ करोड ४५ लाख १० हजार रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको पुष मसान्तसम्ममा ३७ करोड ८२ लाख ६९ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा घटेर २५ करोड ३९ लाख ४२ हजार रुपैयाँ रहेको छ ।
समिक्षाको अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँ, जगेडा कोष १ अर्ब २३ करोड ६१ लाख ५१ हजार रुपैयाँ, खराब कर्जा २.९५ प्रतिशत रहेको छ ।
यसका साथै यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ २३९ रुर्पैयाँ २२ पैसा रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८