काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको १४औं वार्षिक साधारण सभा फागुन २४ गते बस्ने भएको छ ।
कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले पोखरा महानगरपालिका १० स्थित होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, बुद्धचोक, कास्कीमा बिहान ९ बजेदेखि बस्ने निर्णय गरेको हो ।
सो सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका विषय छलफल गरी पारित गर्नेछ। त्यस्तै, चालु आ.व.को लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना महिला संचालकको निर्वाचन समेत गर्ने छ ।
साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १३ गतेसम्म नेप्समा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा उपस्थित हुन सक्ने जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८