काठमाडौँ । समीर तामाङको दुई गोल प्रेरणमा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित हासिल गरेको छ।
चिनियाँ नयाँ वर्षको अवसरमा शनिवार काठमाडौँमा आयोजित खेलमा नेपाली युवा टोलीले पाहुना टोलीमाथि सहज जित निकाल्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि छिरिङ लामा, सञ्जीव बिष्ट र नीराजन धामीले समान एक गोल थपे।
चिनियाँ टोलीका जासी पेङकोउले सान्त्वना गोल फर्काए। सञ्जीव बिष्टले दोस्रो मिनेटमा नै गोल गर्दै नेपाली युवा टोलीलाई अग्रता दिलाए। ३९औँ मिनेटमा समिरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। त्यससँगै पहिलो हाफमा नेपाली युवा टोलीले २–० को अग्रता बनायो।
समीरले नै ५४औँ मिनेटमा गोल गर्दै नेपाली युवा टोलीको अग्रता ३–० मा पु¥याए। ६३औँ मिनेटमा छिरिङ लामाले अर्को गोल गरे। त्यससँगै नेपाली युवा टोलीले अग्रता ४–० मा पु¥याए। ७५औँ मिनेटमा नीराजनले गोल गर्दै घरेलु टोलीलाई ५–० को सहज अवस्थामा पु¥याए। पाहुना टोलीका पेङकोउले ७८औँ मिनेटमा गोल फर्काउँदै अग्रता छोट्याए।
त्यसपछि थप गोल हुन सकेन र नेपाली युवा टोलीले सहज जित निकाल्यो। चिनियाँ नयाँ वर्षको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा यो मैत्रीपूर्ण फुटबल भएको हो।
विजेता टोलीलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ र राष्ट्रिय खेलकुद परिषद्का (राखेप) का सदस्यसचिव टंकालाल घिसिङले ट्रफी प्रदान गरेका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८