
काठमाडौँ । साताको पहिलो कारोबारको दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार अघिल्लो साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख १८ हजार रुपैयाँमा झरेको हो।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
साथै चाँदीको मूल्यमा भने गत शुक्रवारकै मूल्य कायम हुँदै १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८