काठमाडौँ । हालैमात्र आईपीओ जारी गरेको हिमालयन रिइन्योरेन्सले कम्पनीले लगत्तै हकप्रद (राइट शेयर) पनि जारी गर्ने भएको छ।
नेपाल बीमा प्राधिकरणको निर्देशन पुनरबीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउने निर्णय भएसँगै कम्पनीले थप पुँजी वृद्धिका लागि राइट शेयर जारी गर्ने भएको हो ।
हाल हिमालयन रिइन्योरेन्सको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीले सो चुक्ता पुँजीको १०:८ अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत राइट सेयर जारी गर्न लागेको हो ।
कम्पनीले निकट भविष्यमा नै ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको राइट सेयर जारी गर्नेछ। उक्त प्रस्ताव कम्पनीको आगामी तेस्रो वार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात राइट सेयर निष्कासन गरिने जनाएको छ ।
नेपाल बीमा प्राधिकरणले २०८० माघ १७ गते बसेको बैठकले पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी २० अर्ब पुर्याउनुपर्ने निर्देशन दिएको थियो । यसका साथै पुनर्बीमा कम्पनीहरुमाथि चुक्ता वृद्धिको दबाब परेको हो ।
१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयन रिइन्स्योरेन्सले माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले अघिल्लो वर्षको नाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।
यसो गर्दा कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ थपिनेछ। थप राइट सेयरबाट ८ अर्ब ३२ करोड रुपैयाँ थपिएसँगै कम्पनीको कुल चुक्ता पुँजी १९ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८