काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० को परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ह्याक भएको लामो समयपछि सूचना देखिन थालेको छ।
पनिकाको वेबसाइट (tuexam.edu.np) खोल्दा अहिले माघ २४ गते जारी गरिएको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना देखिएको छ।
उक्त सूचनाबाहेक अरू कुनै सूचना देखाएको छैन। यसअघिसम्म अहिले वेबसाइट खोल्दा मात्रै ‘वेबसाइट इज अण्डर मेन्टिनेन्स’ मात्रै देखाइरहेको थियो। त्रिविले यही माघ १५ गतेबाट अनलाइन सेवा सुरु गरेको थियो।
त्रिविका निमित्त उपकुलपतिबाट कम्प्युटरको माउस क्लिक गरी अनलाइन सेवा शुभारम्भ भएपछि कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइनबाटै लिन सकिने जानकारी दिएका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८