काठमाडौं । आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि हात पारेको छ।
गएराति भएको खेलमा नाइजेरियालाई हराउँदै आइभोरी कोस्टले २–१ को जित निकालेको हो।
विलियम ट्रुस्ट इकोङले खेलको ३८ औँ मिनेटमा नाइजेरियालाई अग्रता दिलाएका थिए। तर, घरेलु टोलीले दोस्रो हाफको ६२ बारबरी गोल गर्यो। फ्रांक केसीले कर्नरबाट आएको बलललाई गोलमा परिणत गरेका थिए।
८१ औँ मिनेटमा सबास्टियन हालेर पुनः एकपटक नायक बन्दै टोलीलाई जीत दिलाए। अण्डकोषको क्यान्सरपछि १३ महिनाअघि मात्र फुटबलमा फर्किएका उनले सेमिफाइनलमा पनि विजयी गोल गरेका थिए।
आइभोरी कोस्टले यसअघि सन् १९९२ र २०१५ मा यो उपाधि जितेका थिए। उपाधिसँगै आइभोरी कोस्टले ७० लाख डलर प्राप्त गरेको छ भने नाइजेरियाले ४० लाख डलर प्राप्त गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८