काठमाडौं । आज १४ फेब्रुअरी, प्रणय अर्थात प्रेम दिवस। विश्वभर एक आपसमा उपहार साटासाट गरी प्रेम दिवस मनाइँदैछ।
यो दिवसको अवसरमा परिवार, साथिभाइ, प्रेमी–प्रमीकालाई विभिन्न उपहार आदान प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने गरिन्छ।
प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो। यो दिवस अहिले विश्वभर मनाइन्छ। भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ।
पछिल्लो वर्षहरुमा नेपालमा पनि यो दिवस युवाहरुले मनाउने क्रम उल्लेख्य रुपमा बढेको छ। गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने चलन रहेकोले आज फूलका पसलहरुमा गुलावको फुल किन्नेको भिड बढ्दो छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८