काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने भएको छ ।
गरिमा क्यापिटलले आफू योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गत सो योजना सञ्चालन गर्नका लागि आइतबार नेपाल धितोपत्र बोर्ड (सेवन) मा निवेदन दिएको हो ।
प्रस्तावित योजना अन्तर्गत १० रुपैयाँ अङ्कित १० करोड इकाई जारी गर्न लागिएको हो । उक्त योजना हाल नेपाल धितोपत्र बोर्डको म्युचूअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले यस संस्थाले सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ ।
गरिमा विकास बैङ्क लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैङ्कर हो। गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैङ्कका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८