काठमाडौं । एनएलजी इन्सुरेन्सको आज (बिहीबार) फागुन ३ गते १८ औं वार्षिक साधारण सभा बस्ने भएको छ ।
सभा, आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५०५ बोनस सेयर र कर प्रयोजनका लागि ०.२८५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ, माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८