काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले आगामी चैत २ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बित्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजेबाट सुरु हुनेछ । सो सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि रहेको छ ।
साथै, पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १८ गते बुक क्लोज गर्दैछ । यसका साथै, फागुन १७ गतेसम्म कायम सेयरधनीहरूले सभामा भाग लिन पाउनेछन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८