काठमाडौं । आज (बिहिबार) सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको १ लाख १६ हजार ५०० रुपैयाँमा करोबार भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार पनि सुन सोही मूल्यमा नै किनबेच भएको थियो ।
बुधबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको थियो । यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।
बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९१.५६ डलरमा र चाँदी प्रतिऔंस २२.३९ डलरमा कारोबार भइरहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८