काठमाडौं । स्वरोजगार लघुवित्त वित्तिय संस्थाले फागुन २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ।
सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । सभामा संस्थाले ७ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ । सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा राखिएका छन् । सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते आइतबार बुक क्लोज गर्दैछ। तसर्थ, फागुन १० गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् । फागुन ११ र १२ गते शुक्रबार र शनिबार परेकाले सेयर भने कारोबार हुँदैन।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८