काठमाडौं । घलेम्दी हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड भएको छ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बुधबार (फागुन २ गते) बाँडफाँट गरिएको हो ।
जसमा न्यूनतम १५१ रुपैयाँ ३५ पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यता, कम्पनीले लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम आइतबार (फागुन ६ गते) बाट फिर्ता दिने जनाएको छ । यसअघि कम्पनीले मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।
जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो। सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८