काठमाडौं । हिम रिभर पावर र पियोर इनर्जी लिमिटेडले आइपीओ बिक्रीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
हिम रिभरले १३ लाख ३० हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
यसका साथै, पियोर इनर्जी लिमिटेडले १०० रुपैयाँ अंकित दरमा १६ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ। यसले आइपीओ बिक्रीको स्वीकृति पाएपछि १६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने जनाएको छ। कम्पनीको बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८