काठमाडौं । सुदूरपश्चिम प्रदेश सुशील कोइराला मेमोरियल यू–१९ महिला क्रिकेटको च्याम्पियन बनेको छ।
आज (बिहीवार) भएको फाइनलमा कोहलपुर मेयर-११ लाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको हो।
जितका लागि पाएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम बलमा ८ विकेट गुमाउँदै भेट्टायो। प्लेयर अफ द फाइनल चुनिएकी मनिषा बोहराले ४१ रनको योगदान गरिन्। कप्तान स्नेहा महराले १६ रन बनाइन् भने हिशिला खड्का ६ रनमा अविजित रहिन्।
कोहलपुरका लागि त्रिसना विश्वकर्मा र आरती महतोले २र२ विकेट लिँदा १ विकेट प्रतिमा शाहले लिइन्।
यसअघि कोहलपुरको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०२ रन बनाएको थियो।
उसका लागि कप्तान सना प्रविनले अविजित ४० रन बनाइन्। उनले ५२ बलमा ३ चौकाको मद्दतले अविजित ४०, त्रिसाना विश्वकर्माले १२ र रिया शर्माले अविजित १४ रनको योगदान गरिन्।
सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महाराले २र२ विकेट लिएका थिए।
उपाधिसहित सुदूरपश्चिम प्रदेशले १ लाख रुपैयाँ हात पार्यो। उपविजेता कोहलपुर मेयर-११ ले ५० हजार रुपैयाँ पायो। प्रतियोगिताकै उत्कृष्ट खेलाडी कोहलपुर मेयर (११ कि कप्तान सना प्रविन घोषित भईन् जसले १५ हजार रुपैयाँ हात पारिन्।
उत्कृष्ट बलर गण्डकी प्रदेशकी रचना चौधरी तथा उत्कृष्ट ब्याटर कोहलपुर मेयर-११ कि सना प्रविन घोषित भईन्। दुवैले ५/५ हजार रुपैयाँ प्राप्त गरे। उदीयमान प्रतिभा सुदूरपश्चिम प्रदेशकी सावित्री धामी घोषित भईन्।
समापन समारोहका प्रमुख अतिथि नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द तथा कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीले विजेता खेलाडीहरुलाई पुरस्कार पनि वितरण गरे।
प्रतियोगितामा कोहलपुर मेयर-११, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८