काठमाडौं । महिला लघुवित्तले फागुन २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ।
सधारणसभा धुलिखेल स्थित हिमालय दृश्य रिसोर्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन।
सभाले संस्थापक सेयरधनीबाट ४ जनालाई सञ्चालक निवार्चन गर्नेछ। सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत रहेको छ। आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि प्रस्तुत गरिने छ। सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्दैछ। फागनु १४ गतेसम्म कायम सेयरधनीहरुले सभामा सहभागी हुन पाउने छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८