काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ।
डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको हो। इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर १.८३ र डिजेलको मूल्यमा प्रतिलिटर १.५६ रुपैयाँले बढाएकाले नेपाल आयल निगमले मूल्य बढाएको जनाएको छ।
आयल निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत नै छ। बढेको मूल्य आज शुक्रबार दिउँसो १ बजेबाट लागू हुने छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८