काठमाडौं । मल्टिपर्पस फाइनान्सले फागुन १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ । कम्पनीले यसअघि नै लाभांश वितरण नगर्ने घोषणा गरिसकेकाले सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश हुने छैन। सभामा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा समेत रहेको छ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेश हुनेछ ।
साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज सप्तरीमा दिउँसो १ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि आज (आइतबार) फागुन ६ गते नै बुक क्लोज गर्दैछ। आज आइतबारभन्दा अघिल्लो दिनसम्म/गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८