काठमाडौं । एनआइसी एसिया बैंकले आज (फागुन ६ गते) देखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता सेयर लिलामी गर्न लाएको हो। यसमा लगानीकर्ताले न्यूनतम २४५ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन्।
साथै बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामी गर्न लागेको छ। यसमा लगानीकर्ताले न्यूनतम ७४० रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन्। दुवै कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ र संस्थाहरुले आवेदन दिन सक्नेछन्। दुवै कम्पनीको सेयरमा फागुन १४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ।
लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पनि पेश गर्न सकिनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८