काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्स लिमिटेडले फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ। साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत रहेको छ। इन्सुरेन्सले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गर्ने छैन।
सभाले संस्थापक समूहबाट ४ जना (१ जना महिलासहित) र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने भएको छ। सभामा भाग लिन फागुन ९ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८