काठमाडौँ । नेपाली कांग्रेसका ६ वटा शुभेच्छुक संस्था पार्टीको महासमिति बैठकमा सहभागी नहुने भएका छन् ।
सोमबार नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन, नेपाल डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी संघ र नेपाल प्रेस युनियनले लिखित रुपमै महासमितिको बैठकमा सहभागी नहुने जनाएका छन्।
पार्टीले शुभेच्छुक संस्थाले आधिकारिक तीन–तीन जनाको नाम पठाएकोमा ती नाम समावेश नभएको र विधानको व्यवस्था विपरीत निर्वाचित अध्यक्षलाई आमन्त्रित महासमिति सदस्य बनाएको भन्दै बैठक बहिष्कार गरेको उल्लेख गरेका छन्।
साथै उनीहरुले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को व्यवस्था र निर्वाचन समितिको निर्णय एवं केन्द्रीय कार्यसमितिको निर्णय विधान विपरीत भएको भन्दै महासमिति बैठकमा सहभागी नहुने जानकारी गराएका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८