काठमाडौं । आज सुन–चाँदी दुवैको भाउ बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । साथै, तेजावी सुन तोलाको १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ १ लाख १८ हजार र तेजावी सुनको भाउ १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय १५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको भाउ तोलाकोे १४ सय १० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३०.९४ डलरमा र चाँदी प्रतिऔंस २३.१५ डलरमा कारोबार भइरहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८