काठमाडौं । काठमाडौंको सीतापाइलामा ३ जनाको हत्या भएको छ । हत्या भएका सबैजना एउटै परिवार भित्रका सदस्यहरु रहेका छन् ।
प्रहरीका अनुसार सोलखुम्बुको दूधकुण्ड स्थायी घर भई हाल नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो। घटनास्थलमा हम्बर र कैंची फेला परेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, मृतक ईश्वरीका श्रीमान् राजु घिमिरे भन्ने काजी विकको पनि शव भेटिएको छ ।
घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो। परिवारका सदस्यहरुको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८