काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज (बिहीबार) देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। दिउँसो पनि देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
कोशी र मधेश प्रदेशसहित पहाडी भूभागको थोरै स्थानमा वर्षाको सम्भावना छ। बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएकाे छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८