काठमाडौं । सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्ज भएर फागुन २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।
दुवै कम्पनीलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिइसकेको छ । साथै, धितोपत्र बोर्डले पनि बुधबार (फागुन ९ गते) बोर्डले मर्जरका लागि स्वीकृति दिएको हो। दुवै एक भएपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुनेछ ।
दुवै कम्पनी १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ। सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरको लागि कात्तिक २ गते नै अन्तिम सम्झौता सम्पन्न भएको थियो ।
यसअघि असोज ३० गते सम्पन्न दुवै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए। यता फागुन २४ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै कम्पनीको फागुन २३ गते सबै सेवाहरु अवरुद्ध हुने एक सूचना मार्फत जनाएकाे छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८