काठमाडौं। नेरुडे लघुवित्त वित्तीय संस्थाको भोलि शुक्रबार फागुन ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ। कम्पनीले यसअघि नै लाभांश वितरण नगर्ने घोषणा गरिसकेकाले सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश हुने छैन।
कम्पनीले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ। हाल नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीचको मर्जर प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। तसर्थ, मर्जरपछि पुनः निर्वाचन नभएसम्मका लागि अहिलेकै सञ्चालक समितिलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।
साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा प्रस्तुत गरिनेछ। सभा उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा बिहान ११ बजेबाट सुरु हुनेछ। साधारण सभा प्रयोजनका लागि माघ २४ गते बुक क्लोज भइसकेको छ। तसर्थ, माघ २३ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८