काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) सुन–चाँदीको भाउ बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ। साथै, तेजावी सुन तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३५.५७ डलरमा र चाँदी प्रतिऔंस २२.९५ डलरमा कारोबार भइरहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८