काठमाडौँ । संखुवा खोला जलविधुत आयोजनाको विधुत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ।
बुधबार नेपाल विधुत प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रा.लि.बीच ४१.०६ मेगावाटको संखुवा खोला जलविधुत आयोजनाको पीपीएमा हस्ताक्षर भएको हो।
पीपीएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवर्द्धक कम्पनी (गुराँस हाइड्रो) का तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन्।
सुख्खा याम (मंसिर १६ देखि जेठ १५) सम्मका लागि ४ रुपैयाँ ८० पैसा र वर्षा याम (जेठ १६ देखि मंसिर १५) सम्मका लागि आठ रुपैयाँ ४० पैसा कायम रहने गरी पीपीए सम्पन्न भएको हो।
आयोजनाको कुल लागत ७ अर्ब ९७ करोड ५ लाख ८८ हजार पाँच सय रुपैयाँ (भ्याटसहित) रहने आयोजनाका अध्यक्ष शिव प्रसाद घिमिरेले जानकारी दिए। विधुत विकास विभागले आयोजनाको अध्ययन गर्दा लागेको खर्च तिरेर गुराँस कम्पनीले प्रतिस्पर्धाबाट यो आयोजना प्राप्त गरेको हो।
यस आयोजनाको बाँध संरचना संखुवासभाको सिलिचिङ गाउँपालिकमा रहेको छ भने विधुत गृह भोजपुरको साल्पाचिलिचो गाउँपालिकामा छ। आयोजनाको विधुत गृहमा करिब २१ मेगावाट क्षमताका २ वटा विधुत उत्पादन युनिट रहने गरी डिजाइन गरिएको छ।
२०७७ सालमा विधुतको ग्रिड कनेक्सन सम्बन्धी सम्झौता सम्पन्न भइसकेकोमा यस आयोजनाको बिजुली संखुवासभाको शीतलपाटी सबस्टेशनसम्म २३२ केभी ४ किलोमिटर प्रसारण लाइन बनाएर जोडिने छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८