काठमाडौँ । प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जनालाई पक्राउ गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले डेपुटी सिइओ मनोज न्यौपाने, पूर्व सिइओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो।
सिआइबीले उनीहरूलाई बैकिङ्ग कसुरमा पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सिआइबीले यस विषयमा अनुसन्धान गरिरहेको थियो।
सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूलाई लागेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८