काठमाडौं। चिलिमे जलविधुत कम्पनीले १० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिदिएको छ।
कम्पनीले पुस ७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा जम्मा गरिदिएको हो। तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ।
अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ। चिलिमेको पुस २० गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीले नगद लाभांश भने यसअघिनै सेयरधनीको बैंक खातामा जम्मा गरिदिइसकेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८