काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंगलबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी २० त्रिकोणात्मक सिरिज सुरु हुने भएको छ।
नेपाल, नामेविया र नेदरल्याण्ड्सको सहभागितामा उक्त टी २० सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडीवान बाट प्रत्यक्ष प्रसारण हुने भएको छ।
पछिल्लो समयमा नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रशारण गरिएको डिसहोमले त्रिकोणात्मक टी २० सिरिज पनि प्रशारण गर्ने जनाएको छ ।
एक्सनस्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको सिरिजका साथै आइसीसी विश्वकप लिग टूको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिजलाई पनि प्रत्यक्ष प्रशारण गरिएको थियो।
टी २० सिरिज अन्तर्गत मंगलबार (२७ फेब्रुअरीमा) नेपालले नामिबियासँग खेल्ने छ भने २८ फेब्रुअरीमा नेदरल्याण्ड्ससँग खेल्नेछ।
साथै २९ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स भिड्दा मार्च १ तारिखमा नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन्।
त्यसैगरी नेपाल र नेदरल्याण्ड्सको दोस्रो भेट मार्च २ मा हुने छ। तीन मध्य शीर्ष २ ले उपाधिका लागि मार्च ३ मा खेल्ने छन्। सबै खेल विहान साढे ११ बजेदेखि सुरु हुनेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८