काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक क्षेत्रलाई चोख्याउने काममा लागेकाे बताए।
आज (मंगलवार) बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले नेताहरुलाई उन्मुक्ति दिने तर कर्मचारीहरुलाई थुनेर त्रास सिर्जना गर्ने काम बन्द गर्न समेत आग्रह गरे। उनले अनियमितता गरेको भए सबैलाई समान रुपले कारबाही गर्नुपर्ने बताए।
उनले पछिल्लो समय राजनीतिक दलहरुलाई उन्मुक्ति दिने र कर्मचारीलाई थुन्ने परिपाटीले गर्दा नागरिकलाई दिने सेवा सुविधानमा झनै ढिलासुस्ती भएको बताए।
उनले टेरामक्स प्रविधिमा झन्डै एक खर्ब राजश्व हिनामिना भएको भनिए पनि अहिलेसम्म कुनै ठोस निर्णय हुन नसकेको प्रति गुनासो पनि गरे।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८